हेटौंडा । राप्रपा मकवानपुरले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पार्टीको केन्द्रीय सदस्य दिपकबहादुर सिंहलाई मकवानपुर क्षेत्र नंबर १ को उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

आईतबार भएको राप्रपा मकवानपुरको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो ।

यसैगरि,बैठकले मकवानपुर क्षेत्र नंबर १ को ‘क’ लागि सागर थापा, ऋषिलाल श्रेष्ठ र भरत तिमल्सिनालाई सिफारिस गरेको छ भने ‘ख’ को लागि गुञ्जन बहादुर न्यौपाने,रामहरी न्यौपाने ,अरुण लामा,कबिन्द्र भट्टराई ,कल्पना लामा र सन्दिप सापकोटालाई सिफारिस गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।

यस्तै मकवानपुर क्षेत्र नंबर २ को उम्मेद्वार भने अर्को बैठकमा सिफारिस गरिने बताईएको छ ।