हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिए संगै वैकल्पिक शक्तिको रुपमा स्थापना हुन अघि बढिरहेको लौरो अभियानले हेटौंडा उपमहानगरपालिका वडा नं. ५ र वडा नं. १४ मा घरदैलो गरेको छ । लौरो चुनाव चिन्ह लिएर लौरो अभियान्ताहरु चुनावी प्रचार प्रसारका लागि मतदाताको घरघरमा पुगेका हुन् ।

मकवानपुर क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्य उम्मेद्वार किशोर अर्याल मतदाताको घरघरमा पुगेर लौरो अभियानबारे मतदातालाई आफ्ना कुरा राख्दै मतदाताको सुझावलाई समेट्दै हिडेका छन् । उनले शिक्षालाई रोजगारी संग जोड्दै हेटौंडावासीको जिवनस्तर उकास्न पहल गर्ने प्रतिवद्धता जनाए ।

घरदैलो अभियानमा पुगेका उम्मेद्वारहरुलाई मतदाताले जितको शुभकामना दिएका छन् । शिक्षित र युवा उम्मेद्वार भिजन सहित मत माग्न आएको प्रति मतदाताहरु खुसी हुँदै जितको शुभकामना दिएका हुन् ।

लौरो चुनाव चिन्ह लिएर मकवानपुर क्षेत्र नम्बर–१ प्रतिनिधि सभा सदस्यमा दिपेन्द्रचन्द ठकुरी, मकवानपुर क्षेत्र नम्बर– १ को (क) बाट प्रदेश सभा सदस्यमा किशोर राना र (ख) बाट किशोर अर्यालले उम्मेदवारी दिएर जनताको घर घरमा पुग्ने अभियानलाई तिव्रता दिएका छन् ।