हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारिजातपथ स्थित घरको ग्यारेजमा आगलागी भएको छ ।

कृष्ण प्रणामी मन्दिर र हेटौंडा क्याम्पसको बिच तथा एनएमटी नर्सिङ कलेज पछाडि रहेको घरको ग्यारेजमा आगागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । स्थानीयका अनुसार बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने उल्लेख छ ।

आगालागीबाट घरको ग्यारेजमा रहेको सवारी साधनहरु जलेर नष्ट भएका छन् । आगलागीका कारण करोड भन्दा माथि क्षति भएको स्थानीयवासीले प्रारम्भीक अनुमान गरेका छन् ।

आगलागी भएको स्थान र हेटौंडा उपमहानगरपालिकाको दमकल स्थल ५ मिनेटको दुरीमा भएपनि आगलागी भएको करिव २५ मिनेट पछि मात्रै दमकल पुगेको स्थानीयवासीले बताए । अहिले आगलागी नियन्त्रणको प्रयास जारी छ भने सो स्थानबाट धुँवा आईरहेको छ । यस स्थानमा अहिले बिद्युत पनि काटिएको छ ।

प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उठेका उम्मेद्वार र जनप्रतिनिधिहरुले पनि आकस्मीक रुपमा आईपर्ने विपत्त व्यवस्थापनमा खासै ध्यान नदिएको मतदाताको गुनासो छ ।