हेटौंडा । मंसिर ४ अर्थात भोली हुने आमनिर्वाचनमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् ।
कारागारका जेलर तिर्थराज पौडेलका अनुसार कैदीबन्दीलाई कारागारबाटै मतदान गराउने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनले कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका २८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएको बताए ।
यसअघि, ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने भनिएकोमा कागजपत्र पुगेका २८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएको जेलर पौडेलले बताए ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाएको छ ।












प्रतिक्रिया दिनुहोस्