हेटौंडा । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा नक्कली मतपत्र भेटिएको सूचना प्राप्त भएको छ । प्रहरीलाई प्राप्त सूचनामा मकवानपुर गढीमा नक्कली मतपत्र भेटिएको जानकारी आएको हो ।

नक्कली मतपत्र बारे मकवानपुरका डिसपी टेक बहादुर कार्कीले अनुसन्धान हुँदै गरेको अनिरुद्र खबरलाई जानकारी दिए । घट्नाबारे बास्तविक बुझेर निर्वाचन कार्यालयमा जानकारी गराउने उनले बताए ।