हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले अग्रता लिएका छन । २५ हजार १४८ मतसहित राप्रपाका उम्मेदवार सिंहले अग्रता बनाएका हुन् ।

अन्तिम तीन वटा वडाको मतगणना गर्ने क्रममा सिंहले अग्रता बनाए । सुरुवातदेखि नै अग्रता बनाएकी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ २४ हजार २१२ मतसहित दोस्रो स्थानमा छिन भने नेकपा एमालेका उम्मेदवार कमल थापा २३ हजार ६९४ मतसहित तेस्रो स्थानमा छन् ।

अब हेटौंडा उपमहानगरपालिकाको ९ र १० नम्बर वडाको मत गणना गर्न बाँकी छ । ९१ हजार ४८६ मत खसेको थियो ।