हेटौंडा । धार्मिक भ्रमणका क्रममा भाईश्री गुप्तेश्वर पांडेय जी हेटौंडा आईपुगेका छन् । उनी भारत हुँदै नेपालको बिरगंजबाट हेटौंडा आईपुगेका हुन् ।

सुप्रसिद्ध कथावाचक एवं भारतको बिहार प्रदेशको पूर्व प्रहरी महानिर्देशक पांडेयले आज हेटौंडामा रहेको भूटनदेवी माताको दर्शन गरेका छन् । उनी संगै भारतबाट अमी भूषण, कृष्ण मोहन झा, राजकुमार सिधि पनि धार्मिक भ्रमणका लागि आएका थिए । पांडेय सहितको सम्पूर्ण टिम चितवन, पोखरा हुँदै काठमाडौंमा रहेको धार्मिक तथा मठ मन्दिरको दर्शन गर्दै पुनः भारत फर्कने कार्यक्रम रहेको छ ।

उनलाई भारत बिश्व मैत्री संघका प्रविन मैनाली, लायन्स क्लव अफ मकवानपुर हेल्प डेक्सका ध्रुवराज ढकाल, भूटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठ, सदस्य शर्मिला श्रेष्ठ लगायतकाले फुल माला सहित स्वागत गरेका थिए ।