हेटौंडा । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ७१४ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ७१४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
सूचना अधिकारी घिमिरेका अनुसार ३ हजार १३९ जना पुरुष र २ हजार ५७५ जना महिला डेंगुबाट संक्रमित भएका हुने । जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार ३६६ जना पुरुष र १ हजार ९०९ जना महिला गरी ४ हजार २७५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ५२२ जना पुरुष र ४७६ जना महिला गरी ९९८ जना, थाहा नगरपालिकामा १०८ जना पुरुष र ६७ जना महिला गरी १७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४५ जना पुरुष र ३० जना महिला गरी ७५ जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ४ जना महिला गरी ८ जना रहेका छन् ।
यसैगरी, इन्द्रसरोवर गाउँपालिकाका एक जना पुरुष र २ जना महिला गरी ३ जना, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, भीमफेदी गाउँपालिकामा २४ जना पुरुष र २४ जना महिला गरी ४८ जना, बकैया गाउँपालिकामा १७ जना पुरुष र २८ जना पुरुष गरी ४८ जना, राक्सिराङ गाउँपालिकमा १८ जना पुरुष र ६ जना महिला गरी २४ जना, हाल ठेगाना नखुलेका १५ जना पुरुष र १७ जना महिला गरी ३२, अन्य जिल्लाका १४ जना पुरुष र ९ जना महिला गरी २३ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ ।












प्रतिक्रिया दिनुहोस्