हेटौंडा । चितवनमा रहेको विभिन्न सामुदायिक वनका उपभोक्ताहरुले हेटांैडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको स्थलगत अवलोकन गरेका छन ।
चितवनमा रहेको देवीथान, कण्ठेश्वरी, राप्ती एकता र कुचकुचे मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारी लगायतकाले रानी सामुदायिक वनको अवलोकन गरेका हुन ।
अवलोकनतकर्ताहरुलाई रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, उपाध्यक्ष केशव धिताल र कायाृलय सचिव भीमसेन पौडेल लगायतकाले समूहले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
सहभागीहरुलाई समूहको संस्थागत विकास, गरिवी न्यूनीकरण, सामाजिक कार्य, पर्यापर्यटन, आयआर्जन, वन पैदावार संकलन, व्यवस्थापन लगायतका विषयहरुमा जानकारी गराईएको थियो । भ्रमणदलका सहभागीहरुले समूहद्वारा निर्माण गरिएको शान्तिपार्कको समेत अवलोकन गरेका थिए ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्