हेटौंडा । उपभोक्तालाई झुक्काएर ठगी गरेको आरोपमा भाटभटेनी सुपर मार्केट हेटौंडालाई मकवानपुर प्रशासनले २ लाख ५० हजार रुपैयाँ जरिवना गरिएको छ ।

बिलबिजकमा गलत विवरण समावेश गरि उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग मिति उल्लेख नगरिएको चिनी र नुन पुनः प्याकीङ्ग गरेको भन्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कंडेलको नेतृत्वमा रहेको अनुगमन टोली उक्त जरीवाना गरेको हो ।

अनुगमनका क्रममा कंडेल नेतृत्वको टोलीले पुनः प्याकीङ्ग गरिरहेको अवस्थामा उत्पादन र उपभोग मिति उल्लेख नभएको चिनी, साल्ट टे«डिङ्ग कर्पोरेसनको आयोनुन र उत्पालन मिति उल्लेख नभएको फेस माक्स बरामद गरेको थियो । त्यस्तै न्यास्लेको कफिको उल्लेखित मुल्य भन्दा बढी गराई बिल बिजक जारी गरी बिक्री गरेको फेला पारेको थियो ।

अनुगकन टोलीले प्रादेशिक व्यापार तथा व्यवसाय संम्बनधी ऐन २०७६ को दफा ६० को खण्ड ‘ज’ अनुसार कसुर गरेको भन्दै उक्त जरीवाना तोकेको हो । अनुगमन टोलीले भाटभटेनीलाई बरामद गरेको उक्त खाद्य वस्तुहरु विक्री वितरणका लागि रोक लगाएको छ । भाटभटेनीबाट बरामद भएको ५० केजीको ३० बोरा र ९२ थान (१८४ केजी) चिनी, २२ केजी नुन, नेभियाको २३ थान फेसवास, ४४ थान बडी लोसन, ५९ थान टोनर, १०१ थान लोशन शिलबन्दी गरेको अनुगमन टोलीकी सदस्य टिका शर्माले जानकारी दिइन् ।