हेटौंडा । मकवानपुरको हेटौंडा-२ मा राष्ट्रिय अनुसन्धानका एक सूचक शारिरिक ब्यायाम गर्ने क्रममा एक्कासी लडेर बेहोस हुँदा मृत्यु भएको छ ।

राष्ट्रिय अनुसन्धानको ईन्टलिजेन्ट शिक्षालयमा ३ पुसमा तालिमको लागि हेटौंडा आएका राष्ट्रिय अनुसन्धान कार्यालय सिंहदरबारमा कार्यरत सूचक कञ्चनपुर भिमदत्त नगरपालिका-२ घर भएका ३८ वर्षीय विवेक साउदको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ७ बजे शारिरिक ब्यायाम गर्ने क्रममा एक्कासी लडी बेहोस हुँदा बिहान ८ उपचारको क्रममा मकवानपुर सहकारी अस्पतालमा विवेकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

शवको पोष्टमार्टम भएपछि शव आफन्तले बुझि लगेको प्रहरीले जनाएको छ ।