हेटौंडा । वनस्खण्डी देवी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
निर्वाचन संयोजक ईश्वरीराज ढकालले अध्यक्ष र सचिव उम्मेद्वारहरुका विरुद्धमा उजुरी परेपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी दिए । निर्वाचन समितिको कार्यतालिका अनुसार उम्मेद्वारहरुको नामावली संकलन, शंशोधन, नामावली उपर दाबि बिरोध र अन्तिम नामावली प्रकाशन, उम्मेद्वारी दर्ता र उम्मेद्वारी दावि बिरोधको क्रममा अध्यक्ष र सचिव पदमा उम्मेदवारी दिएका विरुद्ध उजुरी परेको थियो ।
वनस्खण्डी देवी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरुको प्रकाशित नामावली अनुसार अध्यक्ष पदका उम्मेदवारद्वय भवसागर श्रेष्ठ, राममान श्रेष्ठ र सचिव पदका उम्मेदवार लक्ष्मी प्रसाद लामिछाने बिरुद्ध उजुरी परेको हो ।
वन नियमावली २०७९ को नियम ४२ को उपनियम ९ बमोजिम अध्यक्ष प्रत्याशि र सचिवका सम्बन्धमा डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय हेटौंडा मकवानपुरबाट राय लिइने निर्वाचन संयोजक ढकालले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्