हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा मोटरसाइकल दुर्घटना भएको छ ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा६५प ८७२५ नम्बरको मोटरसाइकल बिहीबार बिहान आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मनहरी गाउँपालिका–२ बस्ने १८ वर्षीय सुभाष स्याङतान घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।