हेटौंडा । माओवादी केन्द्र मकवानपुरमा बिभिन्न पार्टी परित्याग गरि १७ जना प्रवेश गरेका छन ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओबादी र बिपी कांग्रेस पार्टी परित्याग गरि १७ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेकपा क्रान्तिकारी माओवादीका सागर उप्रेतीको नेतृत्वमा १६ जना र बिपी कांग्रेसबाट १ जना गरि १७ जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।
उनीहरुलाई माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा मकवानपुर ईन्चार्ज कुमारी मोक्तान, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक सर्केश घलान, केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सदस्य लक्ष्मी पाख्रिन, जिल्ला सदस्य दिनेश श्रेष्ठ, अजिब भट्टराई, हेटांैडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर, वाइसीएल मकवानपुरको संयोजक लवराज ठकुरी लगायतकाले स्वागत गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्