हेटौंडा । बिद्यार्थीको मुद्दा बोकेर आवाज उठाउँदा प्रहरीको नियन्त्रणमा प्रहरी हिरासत जान तयार हुने एक अब्बल र कुशल बिद्यार्थी नेता हुन, सन्तोष पौडेल । कहिले उनी प्रहरीको नियन्त्रमा हुन्छन, त कहिले उनी बुद्ध चोकमा सडक तताउन आइपुग्छन । पेट्रोलिय पदार्थको मुल्य बृद्धि बिरुद्ध सांकेतिक रुपमा सडकमै चिया पकाएर खाने आन्दोलन होस् वा छिमेकी मुलुक भारतले लगाएको अघोषित नाकावन्दीका बिरुद्ध गिठ्ठा भ्याकुर खान तयार छौं तर झुक्दैनौ भन्दै आवाज बुलन्द गर्ने आन्दोलन वा बन्द बिरुद्ध क्याम्पस खुल्ला छ अभियान, राष्ट्रियता, जनजिविका र शैक्षिक आन्दोलनहरुमा सधैं अग्र पंत्तिमै हुन्छन् उनी ।

क्याम्पसमा शुल्क तिर्न नसकेर भर्ना हुन नसकेका, परीक्षामा सामेल हुने अवस्थाबाट बन्चित हुन पुगेका वा शिक्षाका कुनैपनि समस्या लिएर उनीसम्म पुग्ने बिद्यार्थीका सारथि पनि हुन ।

पौडेलले आम बिद्यार्थीको आवाज मात्रै बोलेनन् उनले संस्थागत रुपमै बिद्यार्थीलाई परेको समस्या सम्बोधन गर्न पुष माघको चिसो होस् वा टन्टलापुर घाम होस् कुनैपनि कुरालाई परवाह नगरि दिनरात नभनी आम बिद्यार्थीको समस्या समाधान गर्न एक लब्य भएर डेढ दशक बिताई सकेका छन । उनी बिद्यार्थीको पर्यार्य पनि हुन । अझैं संघंर्षशिल जीवन अगाडि बढाईरहेका उनी आफैं एक कुशल बिद्यार्थी पनि हुन ।

बिद्यार्थी आन्दोलनमा पौडेल कुनै अपरिचित नाम होईन । वि.सं. २०४७ सालमा जन्मिएका पौडेल सानै उमेरदेखि परिर्वतनका पक्षमा आवाज उठाउने युवा हुन् ।

हेटौंडाको सिद्धार्थ माविबाट अनेरास्ववियूमा संगठित भएका उनी २०६१ सालदेखि बिद्यार्थी राजनीतिमा अनवरत रहेका छन् । बिद्यार्थी राजनीतिमा रहेका उनी २०६३ सालमा अनेरास्ववियु नगर कमिटी हेटौंडाको सदस्य भए ।

आधारभूत तहमा रहेर अनेरास्ववियूको आन्दोलनमा लाग्ने क्रममा २०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पस कमिटीको सचिवको जिम्मेवारी सम्हालेका पौडेलले २०६५ सालमा भएको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनमा अनेरास्ववियूलाई विजयी गराउँन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

स्ववियू निर्वाचनमा उनले निर्वाह गरेको भूमिकाकै कारण २०६६ सालमा मकवानपुर बहुमुखी क्याम्पस तथा नगर कमिटीको अध्यक्ष भए । त्यसै क्रममा २०६७ सालमा अनेरास्ववियू मकवानपुरको २३ औं जिल्ला सम्मेलनबाट सदस्य, २०६८ मा २४ औं जिल्ला सम्मेलनबाट कोषाध्यक्ष, २०६९ मा २५ औं जिल्ला सम्मेलनबाट उपाध्यक्ष एवं २०७१ मा २६ औं जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्षमा सर्वसम्व्त निर्वाचित भए ।

जिल्ला अध्यक्ष हुँदा उनले सडक आन्दोलनमा मात्र होइन, उनको नेतृत्वमा रहेको अनेरास्ववियु मकवानपुरले रचनात्मक तथा सिर्जनात्मक कार्यक्रममा समेत उत्तिकै जोड दिएको थियो । बिद्यार्थीहरुको बौद्धिक तथा रचनात्मक क्षमता अभिबृद्धि गर्न तथा अनेरास्ववियुको सिंगो पंत्तिलाई बैचारिक तथा राजनीतिक रुपमा शसक्त र धारिलो बनाउन बिषयगत प्रशिक्षण आयोजना गर्ने तथा रचनात्मक कार्यक्रम अन्र्तगत हेटौंडा अस्पतालको सरसफाई, मानवसेवा आश्रममा जनश्रमदान, त्यहाँ अध्ययनरत बालबालिकालाई शैक्षिक सामाग्री सहयोग, नयाँ संबिधानको स्वागत, अनेरास्ववियु मकवानपुरको मुखपत्र अखिल उद्घोष प्रकाशन, बार्षिक क्यालेन्डर प्रकाशन, बन्द बिरुद्ध क्याम्पस खुल्ला छ अभियान आदि उनको नेतृत्वमा भएका महत्वपूर्ण कार्यहरु हुन् ।

जिल्ला अध्यक्षको रुपमा देशभरिमै अनेरास्ववियु मकवानपुरलाई आफ्नो कामहरुबाट स्थापित गर्न सफल पौडेल २०७२ सालमा भएको अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय सदस्यका रुपमा उनले अनेरास्ववियु मकवानपुरलाई शसक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको कुशल एवम् सुझबुझपुर्ण नेतृत्वकै कारण २०७३ सालमा भएको स्ववियु निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पस लगाएत अन्य ठुला क्याम्पसहरुमा अनेरास्ववियु विजयी भएको थियो ।

यसरी अनवरत रुपमा बिद्यार्थी आन्दोलनमा योगदान गर्ने क्रममा २०७७ सालमा उनी अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य भए । नेपाल खुल्ला बिश्वबिद्यालयबाट राजनीति शास्त्रमा एमफिल गरिरहेका पौडेल २०७८ असोजदेखि स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश सह–ईन्चार्जको जिम्मेवारीमा रहेका छन । बागमति प्रदेश सह–ईन्चाजको जिम्मेवारी प्राप्त गरे पश्चात उनले अनेरास्ववियु केन्द्रीय कमिटिको निर्दैशन अनुसार प्रदेश राजधानीमा निर्धारित आन्दोलनहरुको नेतृत्व गरेका थिए ।

त्रिभूवन बिश्वबिद्यालयबाट राजनीति शास्त्रमा एम ए, नेपाल ल क्याम्पशबाट कानुन संकायमा स्नातक तथा मकवानपुर बहुमुखी क्याम्पसबाट अंग्रेजी र पत्रकारितामा स्नातक गरेका पौडेल अनेरास्वयूको २३ औं महाधिबेशनमा केन्द्रीय कमिटीको सचिवमा उम्मेद्वार हुँदै छन । बिद्यार्थी आन्दोलनको स्वच्छता, गरिमा र ओज सहित व्यवस्थित, शसक्त र गतिशिल संगठनको जगमा शैक्षिक मुद्दाहरुमा आन्दोलनलाई केन्द्रीत गर्न योग्य, कर्मठ एवम् ईमान्दार विद्यार्थी नेता सन्तोष पौडेललाई सचिव पदमा निर्वाचित गराऔं