हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ सान्नानटारमा स्थानीय ठुलिकान्छी वाइबाको घर नजिकै गोठमा अन्दाजी ५५÷६० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

ज्याला मजदुर गरी मागि खाने ठेनाना नखुलेको श्याम भनिने मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको उनले बताए ।

घटनास्थल मुचुल्का तयार गरि मृतकको शवको पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।