हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक खण्डमा ट्रक दुर्घटना भएको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ स्थित जितपुरभन्ज्याङ नजिकैको मोडमा ट्रक पल्टिएर दुर्घटना भएको हो ।

बाराको कलैयाबाट भुष लिएर आएको ना ६ ख ८००९ नम्बरको ट्रक सडक किनारामा पल्टिएर दुर्घटना भएको हो । आज पौने तिन बजे बकैयाको ठिंगनमा भूष लिएर जाने क्रममा साइड काट्दा ट्रक पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा चालक तथा सह चालक भने सकुशल रहेका छन् भने कुनैपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

यसअघि पनि यहाँ भुष बोकेर आएको ट्रक पल्टिएको थियो । सडक साँघुरो हुँदा कान्तिलोकपथ र धरान–चतरा सडक खण्डमा सवारी दुर्घटना बढेको छ ।