हेटौंडा । नेकपा एमाले पार्टी केन्द्रद्वारा सञ्चालित मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९), अभियानको क्रममा नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय हुनुमा नेकपा एमालेले पटक–पटक प्रतिस्पर्धा भाग लिएको, लोकतन्त्रिक संस्कारलाई अवलम्बन गरेको, राष्ट्रियता, लोकतन्त्र र सामाजिक कार्यको अगुवाई गरेको केन्द्रीय पोलिटव्यूरो सदस्य तथा केन्द्रीय प्रतिनिधि पार्वत गुरूङ्गले बताएका छन ।

उनले पार्टी निर्माण अहिलेको पुस्ताको लागि मात्र नभई भविष्यको पुस्ताको लागि भएकोले युवाहरूलाई परिचालनमा जोड दिँदै पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिनुपर्ने बताए । नेकपा एमाले बलियो हुँदा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने, विकास र समृद्वितर्फ मुलुक अगाडि बढ्ने र नेपाली जनताले असल प्रतिनिधि प्राप्त गर्ने नेता गुरूङ्गले बताए । मिसन ग्रासरूट अभियानले पार्टी संगठन सुदृढ, विस्तार हुने र जनताको समस्या समाधानको विश्वासिलो पार्टी बनाउन बल पुग्ने उनको भनाई थियो ।

अभियान सञ्चालन गर्ने क्रममा पार्टी संगठन बलियो बनाउँदै पहिलो र बहुमतको पार्टी निर्माण गर्न वडाको टोल टोलमा जनता र कार्यकर्ताको बीचमा जाने हेटौँडा ९ नं. वडा कमिटीको बैठकले निर्णय गरेको छ । बैठकले जनसंगठनको वडा कमिटी, पार्टी टोल कमिटी व्यवस्थित बनाउने, पार्टी सदस्य नवीकरण र नयाँ सदस्यता वितरणको लागि फागुन महिनासम्म सम्पन्न हुने गरि अभियान टोली बनाई सञ्चालन गर्ने निर्णय गरेको वडा सचिव नारायण खतिवडाले बताए ।

पार्टी वडा अध्यक्ष यदुवंश खतिवडाको अध्यक्षता प्रदेश कमिटीका सदस्यहरू रघुनाथ खुलाल, गोपाल श्रेष्ठ, श्याम श्रेष्ठ, जिल्ला कमिटी सचिव नवीन सिग्देल, सचिवालय सदस्यहरू सुनिल मुक्तान, सुमित्रा काफ्ले, जिल्ला सदस्यहरू रमिला सापकोटा, यसोदा उप्रेती, नरेन्द्र भण्डारी, मिना अर्याल, पार्टी उपमहानगर कमिटीका अध्यक्ष शालिकराम पुडासैनी, सचिव जनरल श्रेष्ठ, जिल्ला सल्लाहकार परिषद्का सचिव तुलसी रिजाललगायत वडा र नगर नेताहरूको उपस्थिति रहेको थियो ।