हेटौंडा । भोली अर्थात वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको मतगणना गर्न मकवानपुरका १० वटै स्थानीय तहमा मतगणना स्थल तोकिएको छ । जिल्लाका १० वटै पालिकाका निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तोकेको हो । यो पटक मतगणना स्थललाई तारजालीले घेरिएको छ भने सिसिटिभि पनि जडान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको मतगणना स्थल हेटौंडा–२ स्थित सिद्धार्थ माविमा तोकिएको छ । हेटौंडामा १ सय १३ वटा मतदान केन्द्र तोकिएको छ ।
भीमफेदी गाउँपालिकामा मत गणना गर्ने स्थल भीमफेदी–६ स्थित महेन्द्र माविमा तोकिएको छ । भीमफेदीमा १४ वटा मतदान स्थल र २२ वटा मतदान केन्द्र रहेका छन् ।
मकवानपुरगढी गाउँपालिकामा मतगणना स्थल ३ नम्बर वडा कार्यालयको सभाहलमा तोकिएको छ । गढीमा १२ वटा मतदान स्थल र २३ वटा केन्द्र तोकिएको छ ।
यस्तै, बकैया गाउँपालिको मतगणना केन्द्र वडा नम्बर ३ स्थित पालिकाको सभाहलमा तोकिएको छ । बकैयामा १७ वटा मतदान स्थल र ३५ वटा केन्द्र तोकिएको छ ।
बागमती गाउँपालिकाको मतगणना स्थल वडा नम्बर ४ स्थित बुद्ध आधारभूत विद्यालयमा तोकिएको छ । बागमतीमा १६ वटा मतदान स्थल र २९ वटा केन्द्र तोकिएको छ ।
यस्तै, मनहरी गाउँपालिकामा मतगणना केन्द्र वडा नम्बर ३ स्थित गाउँपालिकाको सभाहलमा तोकिएको छ । मनहरीमा ११ वटा मतदान स्थल र ३० वटा केन्द्र तोकिएको छ ।
कैलाश गाउँपालिकाको मतगणना स्थल वडा नम्बर ३ स्थित गाउँपालिकाको सभाहलमा तोकिएको छ । कैलाशमा १० वटा मतदान स्थल र २० वटा केन्द्र तोकिएको छ ।
ईन्द्रसरोवर गाउँपालिकाको मतगणना स्थल गाउँपालिकाको सभाहलमा तोकिएको छ । ईन्द्रसरोवरमा ११ मतदान स्थल र १८ वटा केन्द्र तोकिएको छ ।
यस्तै, राक्सिराङ गाउँपालिकाको मतगणना स्थल राक्सिराङ–५, चैनपुरस्थित प्रजा जागृति आधारभूत विद्यालयमा तोकिएको छ । राक्सिराङमा १९ वटा मतदान स्थल र २३ वटा केन्द्र तोकिएको छ ।
जिल्लाभरको १० स्थानीय तहमा १ सय ६५ मतदान स्थलमा ३ सय ५६ मतदान केन्द्रहरु निर्माण गरिएको छ । १ हजार ७ सय ७२ कर्मचारीहरु मतदान केन्द्रमा खटिएका छन । जिल्लाभर ३ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन् ।
साभारः समृद्ध समाज












प्रतिक्रिया दिनुहोस्