हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं. २ को अन्तिम मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली काँग्रेसका बिष्णु गोपाल महर्जन बिजयी भएका छन् ।

सोमबार बिहान सम्पन्न मतगणना अनुसार महर्जनले १२ सय ५८ मत प्राप्त गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् । अर्का प्रत्यासी नेकपा एमालेका हरि राउतले ८ सय ६४ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा मर्हजनसँगै खुला वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला (१२२६), नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल (११७३), महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना (१३६२) र दलित महिलातर्फ नेपाली कांग्रेसबाट मैया परियार (१२५५) निर्वाचित भएका छन् । निर्वाचित सबै गठबन्धन दलका उम्मेदवार रहेका थिए ।

यस वडामा नेपाली काँग्रेसले ३० बर्ष पछि जित हासिल गरेको हो ।