हेटौंडा । मुस्लिम समुदायको हक हित अभिबृद्धिका लागि विद्यमान कानुन, नीतिगत तथा संस्थागत बिषयमा प्रदेश सरकार एवं प्रदेश सभाका सदस्यहरुसंग आज हेटौंडामा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मुस्लिम आयोगको आयोजनामा हेटौंडामा छलफल भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले देशमा संघीयताले सबै जातजाति र धर्म संस्कृतिलाई समान ढंगले हेरिएको बताए । उनले संघीयताले सबै जातजाति र धर्म संस्कृतिलाई समान ढंगले हेरिएको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले संविधानले मुस्लिमहरुको हक अधिकार सुनिश्चित गरेको भएपनि कानूनहरु पास हुननसकेको बताए । उनले मुस्लिम आयोगले मुस्लिमहरुको हकहितका लागि विभिन्न कार्यहरु गर्दै आएको बताए ।

कार्यक्रममा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङ,प्रदेशका पुर्वमन्त्री,प्रदेश सदस्यहरु र मुस्लिम समुदायको सहभागिता रहेको थियो ।