हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडामा नयाँ विकास थालेको छ अहिले । नागरिकको सुसुचित हुन पाउने अधिकारलाई कुण्ठित गर्दै नेताहरु र कार्यकर्ता रिजाउन जनताले तिरेको करको दुरुपयोग गर्दै जथाभावी पार्टीका पत्रकारलाई रकम बाड्नुका साथै जनप्रतिनिधिलाई कोट र सारी बाढ्ने निर्णय गरेको छ ।
आम जनताको दैनिक जिवन संग जोडिएको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा रकम खर्च गरेर जनतालाई सहज सेवा सुबिधा दिनुपर्नेमा दलका मान्छेलाई रिजाउन लाखौं खर्च गरिरहेको छ हेटौंडा उपमहानगरपालिका अहिले ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । साथै महिला जनप्रतिनिधिहरुलाई कोट र सारी खर्च समेत दिने निर्णय भएको छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौंडामा ६–७ साउनमा सम्पन्न प्रेस युनियनको ९ औं महाधिवेशनको खर्चबापत १० लाख रुपैयाँ तिरिदिने निर्णय भएको हो ।

बुधबार बसेको कार्यपालिका बैठकले हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय स्तरको कुनै कार्यक्रम भए उपमहानगरले सहयोग गर्ने सैद्धान्तिक निर्णय अनुसार उपमहानगरले महाधिवेशनमा भएको खर्च भुक्तानी गर्न १० लाख रुपैयाँ दिने निर्णय भएको न्यौपानेले बताए ।

युनियनको महाधिवेशनमार्फत उपमहानगरपालिकालाई देश–विदेशमालाई चिनाउन सहयोग गरेको भन्दै सहायता प्रदान गरिएको उनले बताए । ‘हामीले बिलको आधारमा प्रेस युनियनले गरेको खर्चको भुक्तानी दिन लागेका हौं । युनियनबाट १५ लाख रुपैयाँ माग भएको थियो तर हामीले १० लाख रुपैयाँ मात्रै दिने निर्णय गरेका हौं’ प्रवक्ता न्यौपानेले भने ।

महिला जनप्रतिनिधिलाई पोशाक खर्च दिइने

कार्यपालिका बैठकले महिला जनप्रतिनिधिहरुले सिलाएको ड्रेसको खर्च दिने भएको छ । यस अघिका महिला जनप्रतिनिधिहरुलाई कोट र सारीको खर्च दिने निर्णय भए पनि विवाद आउने भन्दै भुक्तानी भएको थिएन । तर अब नयाँ र पुराना दुवै महिला जनप्रतिनिधिहरुले कोट र सारीको एकमुष्ट खर्च पाउने भएका छन् ।
स्रोतः अनलाइन खबर