हेटौंडा । राष्ट्रिय समाचार समिति (रासस) को आज हेटौंडामा ६२ औं वार्षिकोत्सव मनाइएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । रासस बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा रासस बागमती कार्यालय प्रमुख सुरेश झाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्यद्वय प्रेम बहादुर पुलामी छिन्तु, भारती पाठक, जिल्ला समन्वय समितिका प्रमुख ललित कुमार घलान, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यवाहक अध्यक्ष धु्रव अधिकारी लगायतकाको उपस्थिती रहेको थियो । राससका रिपेश दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अञ्जली थापाले संचालन गरेकी थिइन ।












प्रतिक्रिया दिनुहोस्