हेटौंडा । राष्ट्रिय भूमि अधिकार मञ्च नगर अध्यक्षमा गोविन्दप्रसाद न्यौपाने (जी)  चयन भएका छन ।

शनिवार हेटौंडामा भएको प्रथम नगर अधिवेशनले नगर अध्यक्षमा न्यौपाने सर्वसम्वत चयन भएका हुन । मञ्चको उपाध्यक्षमा टिकाप्रसाद भट्टराई, सचिवमा ज्ञानबहादुर थिङ, सहसचिवमा रुकमणी तिमल्सिना, कोषाध्यक्षमा अनुपा घलान चयन भएका छन ।

मञ्चको सदस्यहरुमा क्रमशः जमुना राई, कृष्ण बल, सोमबहादुर थोकर र दुर्गादेवि न्यौपाने पौडेल चयन भएका हुन । हेटौंडा ११ वडा सदस्य गोपिनी सापकोटाको प्रमुख आतिथ्यता तथा मञ्चका जिल्ला सदस्य बिष्णु आचार्यको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा मञ्चका जिल्ला अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, जिल्ला सदस्य देवकृष्ण थोकर, टोल विकास संस्था वडा समन्वय समितिका हेटौंडा ११ अध्यक्ष यज्ञबहादुर आचार्य लगायतकाको उपस्थिती रहेको थियो ।