हेटौंडा । घरायसी विवादका क्रममा मकवानपुरको बकैंया गाउँपालिका ६ की एक महिलको विषादी सेवन गर्दा मृत्यु भएको छ । बकैया गाउँपालिका–६ बस्ने अन्दाजी ३६ वर्षीया सानुमाया स्याङ्तानको मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्याङ्तानले घरायसी विवादको कारण आफ्नै घरमा नाम नखुलेको बिषादी सेवन गरेकी थिइन् । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्