हेटौंंडाहेटौंंडा ६, चौघडामा स्वास्थ्य तथा सौन्दर्य सम्बन्धी तालिमको आयोजना गरिएको छ । लामा सेन्टर, चौघडाको आयोजनामा तालिमको आयोजना गरिएको हो ।

तालिममा खानपान, नियमित व्यायाम, आयुर्वेदिक औषधिको प्रयोग लगायतका विषयहरूमा जानकारी गराइएको थियो । वातावरण प्रदुषण, भान्छामा चिल्लो पदार्थको कमी, शारीरिक अभ्यासले स्वास्थ्य समस्या समाधान गर्न मद्दत पुग्ने विषयमा समेत छलफल गरिएको थियो । तालिममा महेन्द्रराज शाही र दयाश्रम पुनले सहजीकरण गरेका थिए ।

हेटौँडा ६ का वडा सदस्य लेखराज     ढकालको प्रमुख आतिथ्यता एवम रक्षादेवी टोल विकास संस्थाका उपाध्यक्ष केशव प्रसाद कोईरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य मुना विक,दिब्यनगर टोल विकास संस्थाका अध्यक्ष तारानाथ ढकाल,सञ्चारकर्मी भीमसेन पौडेल, गंगा लामा, रक्षा न्यौपाने, स्थानीय लगायतको सहभागिता थियो ।