हेटौँडा । मकवानपुरको हेटौँडा–११, राप्तीखोलामा डुबेको अवस्थामा एक जना वृद्ध मृत फेला परेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मृत फेला पर्नेमा हेटौँडा–११, सिमलटारका ८० वर्षीय खड्ग बहादुर राई हुनुहुन्छ । राई पानीमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ ।
मुचुल्का पश्चात् शव राईका छोराले बुझेर लगेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्