हेटौँडा । हेटौँडामा खेतको आलीबाट लडेर एक वृद्धको मृत्यु भएको छ । शुक्रबार लडेर हेटौँडा उपमहानगरपालिका वडा नम्वर १८, हर्नाफाट बस्ने ७१ वर्षीय प्रेमबहादुर तुमसिनको मृत्युु भएको हो ।

बिहान ११ बजेको समयमा आफ्नो घरदेखी अन्दाजी ५०० मिटर पुर्बतर्फ छिमेकीको खेतको आलीबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

खेतको आलीबाट लडेर खेतको हिलोमा घोप्ट अवस्थामा उहाँको शव फेला परेको थियो । घटनाबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।