हेटौँडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नं. २ बतासेमा बिहीवार सुमो एकआपसमा ठक्कर खादा एकजना घाइते भएका छन । पर्सा वीरगन्ज उपमहानगरपालिका–८ बस्ने २७ बर्षिया पुजा मण्डल घाइते भएकी हुन ।   


भिमफेदी–कुलेखानी काठमाण्डौ सडक खण्डमा काठमाण्डौबाट रौतहट तर्फ आउदै गरेको ना १ ज ६०२८ नम्बरको सुमो र हेटौडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज ३७१६ न.को सुमो एक आपसमा ठोक्किन गइ दुर्घटना हुँदा ना.१ ज ३७१६ न.को समोमा सवार पुजा घाइते भएकी हुन । 

उनको पेटमा भित्रि चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । उनको उपचारको लागि काठमाण्डौ तर्फ पठाएको छ ।