हेटौँडा । गत असोज ११ र १२ गतेको अविरल वर्षाले अवरुद्घ बनेको चौघडा मक्राञ्चुली कृषि सडक मंगलवारदेखि सञ्चालनमा आएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं ६ र मकवानपुरगढी गाउँपालिका ३ नं वडा कार्यालयको प्रयासमा सडक सञ्चालनमा आएको हो । उक्त बाटो सञ्चालनमा ल्याउन हेटौँडा उपमहानगरपालिकाले मेशिन उपलबध गराएको थियो ।

बाटो सञ्चालनमा आएपछि कृषि उपज बजार सम्म ल्याउन र लैजान सजिलो हुनुको साथै साना सवारीसाधन सञ्चालन गर्न सजिलो भएको मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताए ।

अब हामीलाई वनडढेलो नियन्त्रण गर्न, वन पैदावार निकाल्न सजिलो हुने र बजारसम्म पुग्न पनि सुविधा हुने रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । चौघडा मक्राञचुली कृषि सडक २ किलोमिटर छ ।