हेटौँडा । फागुन ११ गतेदेखि सम्पर्कविहीन भएकी १६ वर्षीया शिखा अगस्ती मकवानपुरको बकैया गाउँपालिका–५, कर्मचुलीमा फेला परेकी छिन् । बुधबार दिउँसो २ बजे बकैयाका स्थानीयले शिखालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत हेटौँडा–११ थानाभर्याङ डाङडुङे बस्ने शिखा गत आईतबार विद्यालय छुट्टीपछि घर फर्कने क्रममा सम्पर्कविहीन भएकी थिइन ।
उनी सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिरहेको थियो । उनी कसरी र कससँग बकैया पुगेकी हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्