हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ भीमफेदीको समन्वयमा २ दिने सचेतना कार्यक्रम आईतवार देखि भीमफेदीमा शुरु भएको छ । सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरुलाई सामुदायिक वनको विभिन्न पक्षहरुको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सामुदायिक वनले गर्नु पर्ने साधारणसभा, कार्यालय ब्यवस्थापन, कानूनी पक्ष, लेखा ब्यवस्थापन,कर, बैठक सञ्चालनढका विधि, संकलन सहमती लिदा पूरा गर्नु पर्ने प्रक्रिया, दर्ता प्रक्रिया, वन्यजन्तुबाट हुने क्षेति, डढेलो नियन्त्रण लगायतका विषयहरुमा सहभागिहरुलाई जानकारी गराउने उद्वेश्य रहेको भीमफेदी गाउँपालिका वन तथा वातावरण शाखा प्रमुख रन्जित राज बानियाँले बताए ।
कार्यक्रममा सव डिभिजन वन कार्यालय, भीमफदीका रेन्जर द्वय लोकराज न्यौपाने, रन्जन अर्याल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी , रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले सहजीकरण गर्ने कार्यक्रम छ ।
भीमफेदी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सोम बहादुर लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिकामा रहेका विभिन्न सामुदायिक वनका पदाधिकारी र उपभोक्ता समेत गरि २५ जनाको सहभागीता रहेको स्थानीय महासंघ भीमफेदीका अध्यक्ष मनोज थापाले बताए ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्