हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शिक्षक इमानदार नभएसम्म शिक्षामा सुधार नआउने बताएका छन ।

हेटौँडा ९ स्थित प्रगति माविको अनुगमन गर्दै उपमेयर बानियाँले शिक्षामा परिवर्तन ल्याउने काम शिक्षक बाहेक अरूले नसक्ने भएकाले शिक्षक इमानदार हुनैपर्ने मा जोड दिए । शिक्षकको टिमवर्कले नै विद्यालयलाई सुधार गर्न सक्ने उपमेयर बानियाँको भनाइ छ ।

विद्यालयको लागि आवश्यक पर्ने हरेक कुरा पूरा गर्न नगरपालिका तयार रहेको तर गुणस्तरीय शिक्षाका लागी शिक्षकहरूले भने इमानदारीपूर्वक काम गर्नु पर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक निरन्जनप्रसाद ढकालले विद्यालयको वर्तमान अवस्थाका बारेमा प्रष्ट पारे ।