हेटौंडा । मकवानपुरको बकैया–४ हात्तीसुडे स्थित धरान चतरा सडकखण्ड अन्तर्गत स्कुटरको ठक्करबाट गम्भीर घाइतेको ज्यान गएको छ ।

बकैया ४ भिमसेन दमारमा हातिसुडेबाट हेटौंडा तर्फ जाँदै गरेको ना ३७ प १०५० नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते पैदल यात्रीको मृत्यु भएको हो ।

ठक्करबाट बाटोमा हिँडिरहेका बकैया ३ हातिसुडे बस्ने अन्दाजी ८० बर्षीय नानि लाल न्यासुर गम्भीर घाइते भएको र उनको उपचारको क्रममा चितवनमा बिहीबार राती मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । स्कुटर तथा चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।