हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामी बढ्दै गएपनि उपमहानगरको डेंगु नियन्त्रण अभियान माइकिङमै सिमित भएको छ । आम जनस्वास्थ्य संग प्रत्यक्ष जोडिएको स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा पनि उपमहानगरले ध्यान नदिएको गुनासो आएको हो ।

आज हेटौंडाका सचेत युवाहरुले साँकेतिक रुपमा डेंगु नियन्त्रणका लागि औषधि छरेपछि बल्ले हेटौंडा उपमहानगरपालिकाले स्प्रे सुरु गरेको हो । माइकिङमै सिमित भएको उपमहानगरपाकिाले नगरवासीको स्वास्थ्यप्रति संवेदनशील नभएको जनगुनासो छ ।

उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको अनुसार अहिले सम्म १, २, ३, ४, ५, १८ र १९ नम्बर वडामा डेंगु नियन्त्रणका लागि नगरपालिकाले नियमितरुपमा स्प्रे गर्दै आएको दाबि गरेको छ । रोगको दर बढ्दै गएपछि हामीले नगर प्रहरीको सहयोगमा स्प्रे अभियानलाई एक महिनादेखि निरन्तर सञ्चाल न गरीरहेको नगर प्रमुख मीनाकुमारी लामाले प्रेस सल्लाहकार मार्फत जानकारी दिएपनि दिनहुँ डेंगुका बिरामी बढेको तथ्य हेटौंडामा जगजायर नै छ अहिले ।