हेटौंडा । आसन्न निर्वाचनमा निर्वाचन र मिथ्या सूचनाको चुनौति सम्बन्धी आज हेटौंडामा अन्र्तक्रिया भएको छ । आर के टेक सोलुसन्सको आयोजना टेकपाना मिडिया प्रालिको सहकार्य तथा नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा अन्र्तक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निर्वाचन सफल ढंगले सम्पन्न गर्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नपर्ने बताए । उनले जिल्लामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रशासन प्रतिवद्ध रहेको बताए ।
भ्रामक र मिथ्या सूचनाको पहिचान र निवारण कसरी गर्ने भन्ने बारे बरिष्ठ पत्रकार दिपक अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले गलत र भ्रामक सूचनाको पहिचान र त्यसबाट जोगिने उपायबारे जानकारी दिएका हुन् ।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय मकवानपुरका प्रमुख लुम्वनाथ पोखरेल, नेपाल दुरसञ्चार प्राधिकरण निर्देशक दिपेश आचार्य, आर के टेक सोलुसन्सका डाइरेक्टर रन्जन कोईराला लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्