हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा पत्रकारहरुलाई सन्तुलित सूचना सम्प्रेषण गर्न संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले आग्रह गरेका छन् । मंगलवार अनिरुद्र खबर संग निर्वाचनमा पत्रकारको भूमिका बिषयमा कुराकानी गर्दै सापकोटाले सत्य, तथ्य र निष्पक्ष सूचना जनता माझ पुर् याउन आग्रह गरेका हुन् ।
पत्रकारहरुले संयमित भएर रिपोटिङ गरिदिदा निर्वाचन सफल बनाउन सहयोग पुग्ने उनले बताए । निर्वाचनमा दुबै पक्षको कुराहरु राखिदिन आग्रह गर्दै उनले एक पक्षिय रुपमा समाचार सम्प्रेषण नगर्न आग्रह गरे । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा सवारी साधान संचालन गर्ने सम्बन्धी मापदण्ड २०७९ निर्वाचन आयोगले स्विकृत गरिसकेको बताउँदै उनले संचार रजिष्ट्रार कार्यालयबाट जारी भएको प्रेस पास बोक्ने पत्रकारले निर्वाचनको रिपोटिङ सहज गर्न सक्ने बताए ।
प्रचलित कानुन बमोजिम दर्ता भएका संचार माध्यममा कार्यरत र ति संचार माध्यम प्रेस काउन्सिलमा सूचिकृत भएकाहरुले प्रेस पास देखाएर रिपोटिङमा जान सक्ने उनको भनाई छ ।












प्रतिक्रिया दिनुहोस्