हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले नेकपा एमालेका महेश बर्तौलासँगको मतान्तर घटाउँदै लगेका छन् ।
हालसम्म १८ हजार २ सय ८५ मतगणना गर्दा बर्तौलाले ७ हजार १ सय ७० मत प्राप्त गरेका छन् । सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका खतिवडाले ६ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् । खतिवडा र बर्तौलाबीच २२४ मतान्तर देखिएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले २४ सय २९ मत प्राप्त गरेका छन् । राप्रपाका राजन मैनालीले ३ सय १७ मत प्राप्त गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्