हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका इन्द्र बहादुर बानियाँले अग्रता कायम गरेका छन् ।
२१ हजार ९३५ मत गणना गर्दा बानियाँले १० हजार ३८० मत पाएका छन् । उनले एमालेका लाल बहादुर थापा भन्दा १४ सय ३१ मतले अग्रता कायम गरेका हुन् । एमालेका थापाले ८ हजार ९४९ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बद्री बहादुर खड्काले १२ सय ३३ मत पाएका छन् । अन्य उम्मेद्वारले यहाँ ३ भन्दा कम मत ल्याएका छन् । यस क्षेत्रमा ८२० मत बदर भएको छ ।












प्रतिक्रिया दिनुहोस्