हेटौंडा । काठमाण्डौंमा रहेको लर्ड बुद्ध कलेजका विद्यार्थीहरुले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन गरेका छन ।

अवलोकनकर्ताहरुलाई समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष केशव धिताल, सचिव नानीमाया रुम्बा, कोषाध्यक्ष गोमा लामिछाने, कार्यालय सचिव भीमसेन पौडेल र कार्यसमितिका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

सहभागीहरुलाई सामुदायिक वनको उद्धेश्य, संस्थागत विकास, पर्यापर्यटन, महिला सहभागिता, सामाजिक विकास, गरिवी न्यूनीकरण लगायतका विषयहरुमा जानकारी गराईएको थियो ।

कलेजका शिक्षक राजिव जोशीको नेतृत्वमा आएको भ्रमणदलमा डिप्लोमा ईन फरेष्ट्री तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी