हेटौंडा । गुणस्तरीय शिक्षाका लागि शैक्षिकस्तर सुधार पहिलो प्राथमिकतामा रहेको हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन् ।
उनले वडाले शैक्षिकस्तर सुधारमा प्राथमिकता दिएको र गुणस्तरीयताको लागि कार्यक्रम केन्द्रीत गरेको जानकारी दिए । वडा कार्यालयको आयोजना तथा वडा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा भएको एकदिने आधाभूत गणित शिक्षा सहजीकरण कार्यशालाको उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले बिद्यार्थीमा गुणस्तरीय शिक्षा प्रवाह गर्नको लागि शिक्षक आफै नयाँ नयाँ विषयबस्तु अपडेट हुनपर्ने र सृजनात्मक अध्यापनमा जोड दिनुपर्ने बताए ।
भुटनदेवी माविमा भएको कार्यशालामा वडाका ६ वटा माविका १८ जना सहभागी भएका थिए भने कार्यशालाको सहजीकरण विषय शिक्षक दीपक अधिकारीले गरेका थिए ।
भुटनदेवी माविका प्रध्यानाध्यापक माधव दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा नवदोय माविका प्राचार्य दुर्गा भट्टराई, ब्रम्हदीप एकेडेमीका कुमार बाँनिया, भुटनदेवी मावि व्यवस्थापन समिति सदस्य कमला दाहालको सहभागिता रहेको थियो ।
त्यस्तै, श्रमिक माविमा छात्रवृद्वि वितरण तथा त्रैमासिक परि कार्यक्रम भएको छ । वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आथित्यता तथा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रिता दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा निर्वाचित वडा सदस्य गीता त्रिपाठी, विद्यालयका सह–प्रधानाध्यापक गोपिरमण प्याकुरेललगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्