काठमाण्डौ । नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश साउदीमा पछिल्लो समय कोरोना संक्रमण दर बढेको छ ।

केही हप्ता अघिसम्म दैनिक कोरोना संक्रमणदर ३० जनाभन्दा कम रहेकोमा अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी संक्रमणदर ह्वात्तै बढेकाले त्यहाँको सरकारले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ ।

आजदेखि लागू हुने गरि साउदीले बाहिर निस्किदा वा कार्यस्थलमा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लगाएको छ । साउदीमा रहेका नेपालीलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न रियादमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।