Kinmen island, which is part of the Republic of China, Taiwan, from above, with Xiamen, which is part of the People???s Republic of China in the background. Taiwan February 2nd, 2021 An Rong Xu/Getty

एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्विट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिए ।

चीनले ताइवानको सिमानाभन्दा १६ किलोमिटर मात्रै टाढाको समुद्री क्षेत्र वरपर सैन्य अभ्यास थालेको र पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ ।

ताइवानले २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास जायज नभएको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप चीनले सैन्य अभ्यास घोषणा गरेको हो ।

छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख पेलोसी फर्किसक्नुभएको छ । २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए । यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ ।

चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । ताइवानका राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा उनले वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको समेत बताए ।