हेटौँडा । हेटौँडा-६ चाैघडामा रहेको जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाको २८ औ वार्षिक  साधारण सभा  शनिवार सम्पन्न  भएको छ ।

हेटौँडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर  दाहालको प्रमुख आतिथ्य एवम् सहकारीका अध्यक्ष  हिमाल पौडेलको सभाध्यक्षतामा साधारण सभा  भएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष  हिमाल पाैडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष  श्यामप्रसाद  भट्टराईले  ऋण उपसमिकाे प्रतिवेदन, काेषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक  प्रतिवेदन, लेखा संयाेजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र सञ्चालक सदस्य रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेस गरेका थिए ।

साधारणसभामा विभिन्न  विधाका उत्कृष्ट  सदस्यहरूलाई सम्मान र पुरस्कृत गरिएको  थियो । संस्थापक शेयर सदस्य जीवकुमारी दङ्गाल,बद्री बहादुर पाठक, भुपेन्द्र कुमार गौतम र वासुदेव अधिकारी , सञ्चारकर्मी  भावना रिजाललाई सम्मानित गरिएको  थियो ।

ज्येष्ठ  सदस्य सितादेवी चाैलागाई र चेतनाथ गौतम, मासिक बचतकर्ता भवानी  अधिकारी र राम बहादुर राई, असली कारोबारी रिता कँडेल र रमेश कुमार  बानियाँ, उद्यमी गोपाल दाहाल र जमुनादेवी पराजुली  र सदस्यता वृद्धिमा सहयोग गर्ने मधु कुमार दङ्गाललाई पुरस्कृत गरिएको  थियो । यसै गरी  बाल बचतकर्ता अदिति औझा, आयान्स सापकोटा, उत्कृष्ट  विद्यार्थी पूर्वजा न्यौपाने, समर्पण न्यौपाने, विशेषता तिमल्सिना , प्रमिस थापा र प्रीति अधिकारी , आयुषा गौतम,शारिका शाह,प्रनिस श्रेष्ठ  र शशाङ्क  वाग्लेलाई सम्मानित  गरिएको थियो ।  कार्यक्रममा  डाक्टर अस्मिता औली पाठक,  रैशा मैनाली  र प्रमिशा पौडेललाई समेत सम्मानित  गरिएको  थियो ।

साधारणसभामा हेटौडा ६ का वडा सदस्य  विजय पौडेल,संस्थापक अध्यक्ष  वासुदेव अधिकारी , निवर्तमान अध्यक्ष  रघु प्रसाद आचार्य, राष्ट्र  बैकका उपनिर्देशक  रमेश चाैलागाई,  राष्ट्रिय सहकारी  बैक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल,  मकवानपुर  जिल्ला बचत तथा ऋण  सहकारी संघ सचिव वीरेन्द्र ढुङ्गाना, हेटौडा सहकारीका  अध्यक्ष  इन्द्र बहादुर बस्नेत, साईराम सहकारीका अध्यक्ष  राजेन्द्र  प्रसाद पौडेल,  कामधेनु बहुउद्देश्यीय  सहकारीका अध्यक्ष  उदय विडारी, बंशगाेपाल दुग्ध  सहकारी   उपाध्यक्ष  केशव धिताल, संस्था सचिव रोमबहादुर न्यौपाने लगायतकाले आतिथ्य रहेको थियो  ।

करिब ३ हजार जना शेयर सदस्य रहेको सहकारीको  शेयर पुजी  २ करोड ६० लाख निक्षेप  २४ करोड ६७ लाख र कर्जा लगानी २० करोड ११ लाख रहेको व्यवस्थापक दीपेन्द्र  गौतमले बताए ।

भीमसेन पौडेल
थप जानकारी