हेटौँडा । काठमाडौँमा रहेको एक सहकारीले मकवानपुरगढीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको अवलोकन गरेको छ ।

काठमाडौँमा रहेको अष्टसिद्धि बचत तथा ऋण सहकारी संस्थाले मकवानपुरगढी – ३ मक्राञ्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको शनिवार अवलोकन गरेको हो । अष्टसिद्धि सहकारीकी कार्यवाहक अध्यक्ष मिनादेवी शर्माको नेतृत्वमा आएको भ्रमण दलमा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, कर्मचारी र शेयर सदस्हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा जागरण साकोसका व्यवस्थापक मेनुका दाहालले संस्थाले गरेका विभिन्न कार्यहरूको बारेमा जानकारी गराएकी थिइन् । संस्थामा २ हजार ७०८ महिला र १ हजार २४० पुरुष सदस्य गरी कुल ३ हजार ९४८ सदस्यहरू रहेका छन् । संस्थाको शेयर पुँजी १ करोड ९४ लाख, निक्षेप २१ करोड ५० लाख र ऋण लगानी १३ करोड ५० लाख रहेको व्यवस्थापक दाहालले जानकारी गराउनु भएको थियो ।

कार्यक्रम जागरण सहकारीका अध्यक्ष शत्रुघन दुलालको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाकी सचिव सरिता विक, लेखापाल पवित्रा भट्टराई, सञ्चारकर्मी भीमसेन पौडेल, संस्था सञ्चालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।