
हेटाैँडा । कृषकहरुको आयआर्जनको स्रोत वृद्धि गराउने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले २५ जना कृषकहरुलाई २५ वटा पाडापाडी वितरण गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५ का कृषकहरुलाई उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र वडाध्यक्ष सुनिल मोक्तानले शुक्रबार पाडापाडी वितरण गरेका हुन् । हेटौंडा उपमहानगरपालिकालाई बाग्मती प्रदेश सरकारले शसर्त अनुदान स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
उपमहानगरको वडा नम्बर १५ स्थित सुरेशिखर कृषि सहकारी संस्थासँगको सहकार्यमा ३३ वटा पाडापाडी वितरण गर्ने योजना रहेको छ ।
पाडापाडी पाउने कृषकहरु सहकारीमा आवद्ध हुनुपर्ने, पाडापाडीको मूल्यको ५० प्रतिशत रकम सम्बन्धित कृषकले व्यहोर्नुपर्ने र पाडापाडी पाल्नका लागि गोठ पनि हुनुपर्ने प्रावधान राखिएको छ । पहिलो चरणमा सहकारीमार्फत हुर्काइएका पाडापाडी खरिद गरेर कृषकहरुलाई उपलब्ध गराइएको हो ।
प्रतिक्रिया दिनुहोस्