मोटामोटी रुपमा पाँच हजार वर्ष अगाडि इजिप्सियनहरू सुन र चाँदीलाई मुख्य मुद्राका रुपमा प्रयोग गर्थे तर समान आकार र तौल नभएको कारणले गर्दा एउटा सुनको टुक्राको र तेस्तै देखिने अर्को सुनमा मूल्य फरक हुन सक्ने भएकोले कुनै पनि बस्तुको कारोवार गर्दा मूल्य निर्धारण गर्न निकै अफट्यारो हुने गर्द थियो । यि कारणहरुले गर्दा पनि सुनले पैसाको रुप लिन सकेको थिएन ।
धेरै आर्थिक बिश्लेसकहरुको अनुसार अहिले हामी आर्थिक संकटमा हुनुको एक कारण मुद्रा र पैसाको फरक बुझ्न नसक्नु हो । सामान्य रुपमा मुद्रा भनेको खरिद बिक्री गर्ने माध्यम र लेखाजोखा राख्ने आधारको रुपमा लिने गरिन्छ जुन हामीलाई सरकारले छापेर देशको प्रयोगमा ल्याएको हुन्छ । मुद्रा टिकाउ, तौल कम भएको , सजिलै साट्न सकिने र खुद्रा गर्न मिल्नेगरि बनाइएको हुन्छ । तर जुन कुराको आफैँमा केहि मूल्य हुँदैन र सरकारले मनपरी गरेर जति पनि बनाउन वा छाप्न सक्ने हुनाले हामीले दैनिक रुपमा प्रयोग गर्ने नोटहरु भनेको दीर्घकालिन रुपले हेर्दा कागजको बाहेक केही मुल्य तेस्को हुँदैन । त्यसै कारणले गर्दा यी कागजको नोटहरुलाई पैसा भन्नु हाम्रै अज्ञानता र लापरवाही हो । सचिकैको पैसा भनेको त आफैं मा मुल्यवान हुने कुरा हो । यस्को उदहारणको रुपमा सुन र चाँदीलाई लिन सकिन्छ । सुन बहुमुल्य धातु भएको हुनाले सुनको थोरै परिमाणले पनि धेरै बस्तुहरु विनिमय गर्न सकिन्छ अतः बिनिमयाका साधनहरु झैँ सुन नष्ट नहुने मात्र हैन बिश्वका सबै देशमा सुनको प्रयोग हुन्छ ।
सुनलाई जस्तो आकारमा पनि परिवर्तन गर्न सकिन्छ । हामीले सुनको सट्टा तेल लाई पैसाको रुपमा पनि प्रयोग गर्न सक्छौ , सक्दैनौ र ? तर समस्या के हो भने एक ड्रम तेल त हामीले बोक्न सक्दैनौ , तर सुनलाई सानो सानो आकार पनि दिन सकिने हुनाले सुनलाई जता पनि लान सकिन्छ । सुनको सबै भन्दा ठुलो फाइदा भनेको त यो धर्तीमा सिमित रुपमा पाईछ र पैसा छापेको जसरी सुन छाप्न मिल्दैन त्यसैले सुनको खरिद गर्न सक्ने क्षमता छापिएको पैसा जस्तो कैले पनि घट्दैन । त्यसै कारणले आफु संग भएको पूँजीलाई सुनमा पनि लगानी गर्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस्