तिमीलाई प्रेम गरेको हुँ कुनै समय यो मन देखी ।
आज बगाईरहेछु तिम्रा यादहरू यी नयन देखि ।

नदुख्दो रहेछ हतियारले काटेको घाऊ कसैगरी
जस्ले महसुश गरे दुखाई आफ्नाको वचन देखि।

भो छोडिदिनुस् मलाई जस्तो अवस्था छु त्यस्तै
सिकेको हुँ मैले संघर्षमा बाँच्न मेरो बच्पन देखि।

संसारमा यति बिघ्न म कोहीसंग रिसाएको छैन
रिसाएँ त तिम्रो कुना कुना स्पर्श गर्ने पवन देखि।

आऊ अन्तिमपटक तिम्रो त्यो मुहार देखाएर जाऊ
यति अधिकार त पाएको हुँ तिम्रो सम्बोधन देखि।

निजगढ

रमेश रसिक
थप जानकारी