
कतिलाई बाध्यता कतिलाई रहर हुनसक्छ।
टाढिनु पनि त कैलेकाहीँ अवसर हुनसक्छ।
मलाई छोडेर जानू अघि यो कुरा सोचिदिनू
खुसी फूलीरहेको त्यो दिल बञ्जर हुनसक्छ।
जिन्दगीकोे सयौं परीक्षामा अनुत्तीर्ण भईरहें
सायद प्रश्न बेठीक,ठिक चै उत्तर हुनसक्छ।
मान्छे किन यति स्वार्थी र निर्दयी बन्दै गएरु
सबैलाई आफ्नै जिन्दगीको डर हुनसक्छ।
नराख्नू रहरहरूको लामो सुची जिन्दगीमा
अन्तिम बिन्दु मृत्यु न हो भर्खर हुनसक्छ।
Visited 27 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्