
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले नगरक्षेत्रका कृषकलाई अनुदानको सामग्री हस्तान्तरण गरेको छ । पछिल्लो समय दुग्ध उत्पादन जोडिएका हेटौँडा–१३ पदमपोखरीका कृषकहरूलाई अनुदानको सामग्री हस्तान्तरण गरिएको हो ।
हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०–०८१ मा स्वीकृत वार्षिक प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम (शसर्त अनुदान) बाट पशु पालनमा रहेका किसानहरूलाई सामग्री हस्तान्तरण गरेको हो ।
हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सामग्री कार्यक्रम अन्तरगत पशु पालनका लागि आवश्यक सामग्री हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले हस्तान्तरण गरिन् । सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले उत्पादनसँग जोडिँदै आर्यआर्जनमा लाग्न आग्रह गरिन । पूर्वाधारको बिकास सँगै उत्पादनसँग जोडिएर अघि बढ्न सुझाब दिर्दे सामग्रीको प्रयोग गरी दुग्ध उत्पादनमा काम गर्दै आर्यआर्जनमा बढाउन सुझाव दिइन ।
कार्यक्रममा पशुमा लाग्ने बिभिन्न लम्पी , खोरेत रोगको सङ्क्रमणको समयमा आवश्यक हुने स्प्रे पम्प, काउ म्याट, घाँस काट्ने मेसिन, गाई नुहाउँने मेसिन, पानी टङ्की सहितको सामग्री ८२ जना पशु पालक किसानहरूलाई बितरण गरिएको थियो ।
आधाभार कृषक समुहका अध्यक्ष फेन्चु लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१३ का अध्यक्ष पेम्बा लामा, वडा सदस्यहरू सानुमाया नेपाली, उत्तम गोम्जा, दावा लामा, वडा सचिब केशब बोहरा, पशु सेवा केन्द्र हेटौंडा १३ का प्रमुख प्रदिप शाह, पशु प्राविधिक कविता चौलागाईँ लगायतकाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्